उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक

Jharana Risalकाठमाडौं । रापती समाजले विगत चार वर्षदेखि आयोजना गर्दै आएको ‘रापती म्युजिक अवार्ड’लाई यस वर्ष पनि निरन्तरता दिन भएको छ । समाजले गत शनिबार राजधानीमा कार्यक्रम गर्दै अवार्डको उत्कृष्ट पाँचमा परेका स्रष्टालाई मनोनयनको प्रमाणपत्र प्रदान गरेको छ ।

अवार्डको मनोनयनमा पर्नेहरूमा ‘सर्वोत्कृष्ट राष्ट्रिय गीत’ तर्फ विपिन घिमिरे, विपिन आचार्य, भावेश भुमरी, सरद पाण्डे/सन्तोष रजौरे र रमेश सुवेदी, ‘सर्वोत्कृष्ट नव गायक लोक दोहोरी’ तर्फ ऋषि खड्का, निर्मल के.सी, शक्ति चन्द, विक्रम थापा र पूर्ण बुढा, ‘सर्वोत्कृष्ट नवगायिका लोक दोहोरी’ तर्फ सिर्जु अधिकारी, रीतिका कुँवर, एलिशा मगर, पूर्णिमा सेन र आशा पुन, ‘सर्वोत्कृष्ट लोक दोहोरी शब्द’ तर्फ सुन्दर पुरुष अनुराग, नरेश खाती क्षेत्री, सुशील थापा, तिलक ओली र काशिराम घर्ती, ‘सर्वोत्कृष्ट लोक दोहोरी भाका’ तर्फ रामु खड्का, करण न्यौपाने, तिलक ओली, रोशन परियार र जय देवकोटा, ‘सर्वोत्कृष्ट लोक दोहोरी गायक’ तर्फ कृष्ण रेउले, भगीरथ चलाउने, तिलक परियार, तिलक ओली र मेक्सम खाती क्षेत्री र ‘ सर्वोत्कृष्ट लोक दोहोरी गायिका’ तर्फ टीका पुन, ज्योति मगर, प्रीति आले, शान्ति श्री परियार र भूमिका गिरी रहेका छन् ।

त्यस्तै ‘सर्वोत्कृष्ट चलचित्र संगीतकार’ तर्फ यादव योगी, सन्तोष श्रेष्ठ, विपिन घिमिरे, यादव योगी र विपिन आचार्य, ‘सर्वोत्कृष्ट चलचित्र गीत रचनाकार’ तर्फ बसन्त शर्मा, ऋषिराज आचार्य, यादव योगी, गणेश सुवेदी र ऋषिराज आचार्य, ‘सर्वोत्कृष्ट चलचित्र गायन’ विन्दु परियार, सुधा रत्न, मण्डवी त्रिपाठी, रीता केसी र विपिन घिमिरे, ‘सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल पुरुष’ तर्फ पंकज शर्मा, पल शाह, बब्बुु थापा, पि एन सापकोटा र विक्रम बुढाथोकी, ‘सर्वोत्कृष्ट म्युजिक भिडियो मोडल महिला’ तर्फ सिर्जु अधिकारी, प्रीती आले, उषा खनाल, झरना रिसाल र सपना केसी, ‘सर्वोत्कृष्ट म्युजिक भिडियो निर्देशक’ तर्फ नीतिन चन्द, विकास घले गुरुङ, बब्बु थापा, सरोज रेग्मी र अमर वली, ‘सर्वोत्कृष्ट पप गीत’ तर्फ समीर आचार्य, सुधा रत्न, विपिन आचार्य, भूपू पाण्डे र समीर आचार्य मनोनयनमा परेका छन् ।

Rapti

यसैगरी ‘सर्वोत्कृष्ट लोक गीत’ तर्फ रामु खड्का, शक्ति चन्द, कृष्ण रेउले, पूर्ण बुढा र अमित बाबु रोकाय, ‘सर्वोत्कृष्ट संगीत संयोजक’ तर्फ विपिन आचार्य, झलक संगीतम, सञ्जय श्रीपाल, केवी भण्डारी र कर्ण बुढा, ‘सर्वोत्कृष्ट ध्वनी मिश्रण’ तर्फ कुमार राना, सञ्जय श्रीपाल, केवी भण्डारी, सन्तोष पौडेल र विपिन आचार्य, ‘सर्वोत्कृष्ट नव गायक सुुगम संगीत’ तर्फ विजय परियार, शरद समिप, अनिक गिरी, सागर अविरल र शरद समिप, ‘सर्वोत्कृष्ट नव गायिका सुुगम संगीत’ तर्फ अंकिता मगर, सविना भट्टराई, सम्झना मगर, सविना भट्टराई र सविना भट्टराई, ‘सर्वोत्कृष्ट सुुगम संगीत रचनाकार’ तर्फ महेशकुमार वली, रमेश सुवदी, भावेश भुमरी, सरोज के.सी. र प्रवल विष्ट रहेका छन् ।

यीबाहेक ‘सर्वोत्कृष्ट सुुगम संगीत संगीतकार’ तर्फ राजेश क्षत्री, सञ्जय श्रीपाल, सन्तोष रजौरे, झलक संगीतम र सन्तोष श्रेष्ठ, ‘सर्वोत्कृष्ट सुुगम संगीत गायक’ तर्फ सन्तोष रजौरे, प्रकाश रेग्मी, विपिन घिमिरे, सञ्जय श्रीपाल र मेक्सम खाती क्षेत्री, ‘सर्वोत्कृष्ट सुुगम संगीत गायिका’ तर्फ सुधा रत्न, विन्दु परियार, रीता के.सी., माण्डवी त्रिपाठी र विन्दु परियार तथा ‘सर्वोत्कृष्ट सुुगम संगीत एल्बम’ तर्फ रशेम सुवेदी, भावेश भूमरी, सविना भट्टराई, राधा पाण्डेय र प्रवल विष्ट रहेका छन् ।

वैशाख १८ गते राजधानीको जमलस्थित राष्ट्रिय नाँचघरमा हुने अवार्डका लागि समाजले गायिका कोमल ओली, संविधानविद् डा. भीमार्जुन आचार्य, नायक अर्जुन श्रेष्ठ र साहित्यकार रमेश क्षितिजलाई छनौट समितिमा राखिएको समाजका वरिष्ठ उपाध्यक्ष प्रवीणकुमार रेग्मीले जनाए । उत्कृष्ट पाँचमा परेका सष्टालाई वरिष्ठ संगीतकार बुलु मुकारुङ, गायिका कोमल ओलीलगायतले प्रमाणपत्र प्रदान गरे । (सौस)

प्रतिक्रिया