राप्रपा नेपालद्वारा संविधानसभा अवरोध गर्ने !

meettingविराटनगर, १७ चैत । राप्रपा (नेपाल)का अध्यक्ष कमल थापाले मुलुकको राजनीतिक गतिरोधको अन्त्यका लागि संविधानसभामा सम्मिलित दलहरूको सर्वदलीय बैठक बोलाउनुपर्ने माग गरेका छन् ।

आज विराटनगरमा सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष थापाले सर्वदलीय बैठकबाट कार्यतालिका बनाउने र संविधानसभाको अन्तरवस्तुबारे निर्णय गर्न विधि र प्रक्रिया निर्धारण गर्नुपर्नेमा जोड दिए ।

उनले यही चैत २३ गतेदेखि सुरु हुन लागेको संविधानसभाको बैठकमा धर्म निरपेक्षता, संवैधानिक राजसंस्था र सङ्घीयताको विषयमा प्रश्न उठाउन नदिए बैठक अवरुद्ध गर्ने चेतावनी दिए ।

अध्यक्ष थापाले प्रश्नावली प्रस्ताव समितिले असंवैधानिक र अप्रजातान्त्रिक तरिकाले प्रश्नसमेत उठाउन अवरोध गरेपछि यसअघिको संविधानसभाको बैठक बहिष्कार गरेकामा यसपटक भने अवरोध गर्ने स्पष्ट पारे ।

प्रतिक्रिया