राप्रपा (नेपाल)को कार्यसमिति बैठक विराटनगरमा

meettingविराटनगर, १६ चैत । समग्र राजनीतिक विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)को केन्द्रीय कार्यसमितिको विस्तारित बैठक विराटनगरमा सुरू भएको छ ।

विराटनगरस्थित अतिथि सदनमा आज मध्यान्हदेखि सुरू भएको बैठकमा संविधान निर्माण, संगठन, लोकतान्त्रिक शक्तिसँगको पार्टी एकतालगायतमा छलफल हुनेछ ।

तीन दिनसम्म जारी रहने बैठकमा पार्टीका १ सय ५० केन्द्रीय सदस्यमध्ये १ सय २५ जनाको सहभागिता रहेको छ ।

महामन्त्री चन्द्रबहादुर गुरुङका अनुसार बैठकमा अध्यक्ष कमल थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने जनाइएको छ ।

प्रतिक्रिया