‘भोकमरी अन्त्यका लागि एकीकृत प्रयास गरौं’

Rambaranकाठमाडौं, १४ चैत । राष्ट्रपति डा रामवरण यादवले विश्वका धेरै मुलुकमा अझै पनि विद्यमान गरिबी, भोकमरी र अभाव अन्त्यका लागि एकीकृत प्रयास अपरिहार्य भएको बताएका छन् ।

एसियाका लागि बाआओ मञ्चको वार्षिक सम्मेलनलाई आज बिहान सम्बोधन गर्दै उनले गरिबी, भोकमरी र विभेद निमिट्यान्न पारेर एसियाको भविष्य स्थिर, सुरक्षित एवम् समृद्ध बनाउनुपर्ने बताए ।

राष्ट्र राष्ट्रबीच र देशभित्रै विद्यमान आय तथा असमानताका अन्य स्वरुपलाई पूर्णतः उपेक्षा गर्न नसकिने बताउँदै राष्ट्रपति डा यादवले सबै देशले आफ्ना नागरिकलाई सम्मानजनक जीवन यापनको सुनिश्चितता गर्न नसकेको यथार्थ औँल्याए ।

सामूहिक आर्थिक सुरक्षाको अभावमा शान्ति र स्थायित्व हासिल नहुने बताउँदै उनले आर्थिक वृद्धि र विकासका ढोका खोल्न मजबुत एवम् सहयोगात्मक संरचनाको आवश्यकतामा विशेष जोड दिए ।

प्रतिक्रिया