नवलपरासीमा उखु किसानको अर्धनग्न प्रदर्शन

Ukhu kisan nepalपरासी, १३ चैत । चिनी उद्योगसँग उखु वापत्को उचित भुक्तानीको माग गर्दै किसानले अर्धनग्न प्रर्दशन गरेका छन् ।

गत वर्षको मूल्य कायम गरी भुक्तानी पाउनुपर्ने माग राख्दै किसानले चिनी कारखानाबाट पाउनुपर्ने बक्यौता तत्काल पाउनुपर्ने माग राख्दै प्रर्दशन गरेका हुन् । गत वर्ष उखुको मूल्य प्रतिक्विन्टल ४७६ निर्धारण गरिएको थियो ।

मुलुकलाई चिनिमा आत्म निर्भर बनाउन उखुखेतीलाई सरकारले प्रवद्र्धन र राष्ट्रिय बालीको रुपमा घोषणा गर्नुपर्ने, उखुजन्य उद्योगमा रोजगारी वृद्धि गरी किसानका छोराछोरीलाई रोजगारी दिनुपर्ने उनीहरूको माग छ ।

किसानले यस वर्ष उखुको सिजन सकिसक्दा पनि मूल्य निर्धारण हुननसक्दा पेस्की रकमसमेत पाउन सकेका छैनन् । जिल्लामा उत्पादन भएको अनुमान गरिएको २५ लाख क्विन्टल उखुमध्ये २२ लाख क्विन्टल किसानले चिनी मिलमा क्रसिङका लागि दिएका छन् ।

हाल जिल्लामा चार चिनी कारखाना छन् ।

प्रतिक्रिया