डोटीमा बँदेलको आक्रमणबाट मृत्यु

Bandelडोटी, ७ चैत । काडामाडौं गाविसमा जङ्गली जनावर बँदेलको आक्रमणबाट धानुक गाउँकी ५१ वर्षीया लालीदेवी धानुकको मृत्यु भएको छ ।

गाउँ नजिकैको वनमा बँदेलको आक्रमणमा परी उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

पछिल्लो समयमा डोटीका वन र कृषि बालीमा जङ्गली बँदेलको बिगबिगी बढ्दै गएको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया