लगानी कोषले प्रतिफल दिने

citizen-investment-fundकाठमाडौं, ४ चैत । नागरिक लगानी कोषले आफ्नो सञ्चयकर्तालाई प्रतिफल प्रदान गर्ने घोषणा गरेको छ ।

कोषले आफ्नो रजत महोत्सवका अवसरमा आठ करोड ७५ लाख प्रतिफल प्रदान गर्ने घोषणा गरेको हो ।

कोषमा रकम बचत गरेका एक लाख ५० हजार सञ्चयकर्तालाई दामासाहीले उक्त रकम वितरण गर्नेछ ।

प्रतिफलवापतको रकम २०७१ असार मसान्तसम्म कोषमा रकम जम्मा गरेका सहभागीलाई प्रदान गरिने कोषका सूचना अधिकृत उद्धव सिलवालले बताउनुभयो । कोष भोलिदेखि स्थापनाको २५ औँ वर्षमा प्रवेश गर्दैछ ।

प्रतिक्रिया