विष्फोटक पदार्थसहित चार जना पक्राउ

police-arrestविराटनगर, २ चैत । सुनसरीको धरानबाट बिहान विष्फोटक पदार्थ र केही थान घरेलु हतियारसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगर, क्षेत्रीय अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय धरानको संयुक्त टोलीले पक्राउ गरेको हो ।

भोजपुरको कोट–६ बस्ने सन्तोष राई, उद्धिम राई, हेमन्त राई र तिवारी भन्ञ्याङ बस्ने वसन्त राई रहेको पूर्व क्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुको साथबाट १२ थान जिलेटिन, २३ थान इलेक्ट्रोनिक डिटोनेटर विष्फोटक पदार्थका साथै एक थान चक्कु र दुई थान कट्टी भन्ने घरेलु हतियारसमेत बरामद गरिएको छ ।

साथै ७९ हजार ७२० र तीन थान मोबाइलसमेत बरामद भएको छ ।

धरान–१७ बस्ने प्रनिता राईको घरमा डेरा लिई बस्ने भगवती राईको घरमा पाहुना आएका ती युवालाई विशेष सूचनाको आधारमा उनीहरुको झोलाको चेकजाँच गर्दा ती विष्फोटक बरामद भएको हो ।

 

प्रतिक्रिया