उपभोक्ताको अधिकार स्थापति गरः आयोग

काठमाडौं, १ चैत । राष्ट्रिय मानव अधिकार आयोगले उपभोक्ता हित विपरीत गतिविध्री स्र्रञ्चालन गर्नेलाई कानुनी दायरामा ल्याएर कारबाही गर्नु पर्ने बताएको छ ।

वस्तु तथा सेवाको गुणस्तर र न्यायोचित मुल्य निर्धारण प्रकृया बारेमा अनुगमनलाई्र तीब्रता दिनु पर्ने आयोगको जोड  छ ।

अन्तराष्ट्रिय उपभोक्ता दिवसको अवसरमा विज्ञप्ती जारी गर्दै आयोगले सार्वजनिक यातायात प्रणाली सिण्डिकेट सरकारले भाडा घटाउन निर्देशन दिँदा पनि सवारी साधनको भाडा नघट्नु, अत्यावश्यकीय वस्तु तथा सेवा सहज प्रक्रियाबाट प्राप्त गर्न नसक्नुले आमउपभोक्ता आफ्ना अधिकार उपभोग गर्नबाट बञ्चित भएको उल्लेख गरेको छ ।

आयोगले उपभोक्तालाई केन्द्रमा राखेर अधिकार स्थापित गर्नु पर्ने धारणा राखेको छ ।

प्रतिक्रिया