काठमाडौ, ३० फागुन । नागरिक लगानी कोषले आफ्नो रजत जयन्तीको पूर्वसन्ध्यामा प्रभातफेरी एवं सडक पेटीमा लगाइएको बोट विरुवामा सिंचाई र गोडमेल गर्ने कार्य गरेको छ ।
कोषले माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्मका सडक पेटीका बोटविरुवामा गोडमेल र सिंचाइ गरेको हो ।
कार्यक्रममा कोषका अध्यक्ष शंकरप्रसाद अधिकारीले कोषले यस्ता कार्यलाई निरन्तरता दिनुपर्ने बताए ।
कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले सामाजिक कार्यसंगै अन्य गतिबिधीलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा करिव १ सय ५० सहभागी थिए ।
प्रतिक्रिया