माटो खन्ने क्रममा पुरिएर ३ को मृत्यु

doti

काठमाडौं, २८ फागुन । डोटी कपल्लेकी–९, सेरीमा माटो खन्ने क्रममा बिहीबार बिहान पुरिएर ३ महिलाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रहरी उपरीक्षक हिमकुमार लामाका अनुसार माटो खन्ने क्रममा पुरिएर २३ वर्षीया काली भूल, २२ वर्षीया सीता भूल र १८ वर्षीया कुमारी भूलको मृत्यु भएको हो । तीनै जनाको उपचारका लागि राजपुर लैजाने क्रममा बीच बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा परु भूल, कल्पना भूल, देवी भूल, सरस्वती भूल, हेमा भूल, देविसरा भूल, गीता भूल र लक्ष्मी भूल छन् । घाइते कल्पना र देविसराको दायाँ खुट्टा भाँचिएको प्रहरीले जनाएको छ । उनीहरुको राजपुरस्थित सुजंग अस्पतालमा उपचार भइरहेको छ ।

एउटै टोलका १८ जनाको समूह घरमा लिपपोत गर्न माटो लिन गएका थिए । माटो खन्दै गर्दा एक्कासी ढिस्को खसेपछि उनीहरु पुरिएका थिए ।

प्रतिक्रिया