काठमाडौ,२२ बैसाख । माथिल्लो सगरमाथालाई राजमार्ग साग जोड्ने सुनकोशीको निर्माणाधिन पुल बन्दा बन्दै भत्किए पछि भत्किनुको कारण खोज्दै माथिल्लो सगरमाथाका पााच जना सभासदको नेतृत्वमा नेकप एमालेको कार्यकर्ताहरुले सोमबार सडक विभागको अगाडी धर्ना दिएका छन् ।
नेकपा एमाले सगरमाथा अञ्चल सम्पर्क मञ्चका पदाधिकारी तथा सभासदहरु विशाल भट्टराई, पााचकर्ण पिके राई, हर्कबोल राई, यज्ञराज सुनुवार र शकुन्तला राजभण्डारीको नेतृत्वमा गएको टोलिले सुनकोशीमा पटक पटक पुल भत्किनुको कारण जान्न चाहेको बताएका छन । धर्ना कार्यक्रममा सुनकोशी तथा दुधकोशीको नदीमा पुल निर्माणमा ढिलाई गरे आफुहरुलाई अरु शशक्त आन्दोलन गर्न बाध्य हुने नेताहरुले जनाएका छन् ।
धर्ना कार्याक्रम पछि सडक विभागको बैठक कक्षमा वार्ताको लागि गएका नेताहरुले पुल हावाले उडाएर भााचियो भन्ने तर्क कसरी आयो ? प्रश्न गरेका छन् । पुल भााचिएपछि छानविन समिति बनेको भनिएको भएपनि हाल सम्म छानविन समितिले कस्तो प्रतिवेदन दियो । प्रतिवेदन आको नआको समेत जानकारी नहुादा सरकार कानमा तेल हालेर बसेको हो की ? भन्ने आरोप जिल्ला बाट आएका प्रतिनिधीहरुले लगाएका छन् ।
सम्झौता गरेको एघार वर्ष भईसक्दा पनि पुल नबन्नु , बन्दै गरेको पुल आफै भााचिनु ,जस्ता समस्या किन र कसरी आए भन्ने जिज्ञासा आएपछि सडक विभागका उप–महानिदेर्शक रविन्द्र श्रेष्ठले सुनकोशी पुलका बारेमा विभाग गम्भिर रहेको बताए । श्रेष्ठले सुनकोशीको पुल नबन्नु दुखद अवस्था भएको र चााडै पुल बनाई सक्ने योजनाका साथ सडक विभाग लागेको बताएका छन् । भत्किनुको कारण भने प्रतिवेदन आएपछि मात्र भन्न सकिने पनि श्रेष्ठको भनाई छ ।
यसै गरी आगामी जेठ १ गते देखी बेली बृज निकालिने भएको छ । बेलिबृज निकाल्न अगाडीनै पुलको मसिनो समान पारी पुर्याईसक्ने गरी काम अगाडी बढाईएको सडक विभाग अन्र्तगत पुल आयोजना प्रमुख उमेश झाले जानकारी दिएका छन् । वर्षायामको शुरुवात सागै पर्ने पानीले बाधा पुर्याएन भने आगामी आर्थिक वर्ष भित्रनै पुल निर्माण भईसक्ने पनि झाले बताएका छन् ।
प्रतिक्रिया