आज महाशिवरात्रि

pashupatinath nighttime
काठमाडौं, १४ फागुन । आज महाशिवरात्री पर्व । भगवान शिवको आराधना गरी हिन्दुहरुले यो पर्व मनाउने गर्दछन् । राजधानीमा रहेको पशुपतिनाथको मन्दिरमा यो पर्वमा विशेष मेला लाग्ने गर्दछ । महाशिवरात्रीको अवसर पारेर पशुपतिनाथको दर्शनका लागि आउने दर्शनार्थीको व्यवस्थापन तथा मेलाको सम्पूर्ण तयारी पूरा भएको पशुुपति विकास क्षेत्र कोषले जनाएको छ । नेपाल र भारतबाट आएका दर्शनार्थीहरु गरी सात लाख भन्दा बढीले पशुपतिनाथको दर्शन गर्ने अनुमान कोषको छ । शिवरात्रीका लागी पशुपति क्षेत्रमा सरसफाई गरिनुका साथै मन्दिरलाई झकिझकाऊ बनाइएको पसुपति क्षेत्र विकास कोषका सदस्य सचिव गोविन्द टण्डनले जानकारी दिए । भक्तजनको चापलाई व्यवस्थित गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान लगायतबाट पााच हजार भन्दा बढी सुरक्षाकर्मीको व्यवस्था मिलाएको जानकारी सदस्यसचिव टण्डनले दिए ।
भक्तजनलाई घाम र वर्षाबाट जोगाउन यस वर्ष कोषले पहिलोपल्ट लाइन बस्ने ठाउामै पालको व्यवस्था गरेको पनि उनले जानकारी दिए । ‘एक घन्टाभित्र दर्शन गराइसक्ने गरी चार स्थानबाट लाइन बस्ने व्यवस्था मिलाइएको छ,’ टण्डनले भने,’ ‘गौशाला, पिंगलास्थान, चारशिवालय, पञ्चदेवल हुादै दक्षिण ढोकाबाट, एयरपोर्ट, तिलगंगा पिंगलास्थान, चारशिवालय, पञ्चदेवल, दक्षिण ढोका, वत्लेशवरी, आर्यघाट हुादै पूर्वी ढोकाबाट र मित्रपार्क, गौरीघाट, उमाकुण्ड–रुऽगारेश्वर हुादै उत्तरढोकाबाट मन्दिर प्रवेशको व्यवस्था मिलाएको छ ।’ स:शुल्क दर्शनार्थीका लागि जयवागेश्वरी, भुवनेश्वरी हुादै पश्चिमतर्फको सानो ढोकाबाट मन्दिर प्रवेश गने व्यवस्था मिलाएको पनि कोषले जनकारी दिएको छ ।
भारतका विभिन्न स्थानबाट पशुपतिनाथ दर्शनका लागि हजारौंको संख्यामा साधुसन्तु आइपुगेका छन् । देशका विभिन्न स्थानबाट समेत सर्वसाधारण पशुपतिनाथ दर्शनका लागि राजधानी आइसकेका छन् ।
पशुपति क्षेत्रका विभिन्न स्थानमा निशुल्क स्वास्थ्य शिविर खडा गरिएको छ । त्यस्तै, विकाशकोषले दर्शनार्थीका जुत्ता–चप्पल राख्नका लागि छुट्ै व्यवस्था मिलाएको छ । सुरक्षालाई ध्यानमा राखेर पशुपति क्षेत्रका विभिन्न ठाउामा सीसीटिभी पनि जडान गरिएको छ । टाढा–टाढाबाट आएका दर्शनार्थीलाई बस्ने–खाने व्यवस्था मिलाइएको पनि पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
चार हजार भन्दा बढी साधुसन्तको उपस्थिति रहने अनुमान गरिएको मेलामा मन्दिर परिसरभित्र साधु, सन्तलगायत सर्वसाधरणलाई गााजा, भाङ खान भने निषेध गरिएको छ । बिहीवार बिहान साढे तीन बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारवटै ढोका खोलेर दर्शन गर्ने व्यवस्था मिलाइएको जानकारी सदस्य सचिव टण्डनले दिए ।
कोषले एक हजार रुपैया तिरेपछि लाइन नबसी दर्शन गर्न पाइने व्यवस्था पनि मिलाएको छ । कोषले मन्दिर प्रांगणबाहिर कोर क्षेत्रसहित जयवागेश्वरी, मित्रपार्क, उमाकुण्ड, गौशालासमेत ६ ठाउाबाट चन्दन वितरण गरिने समेत व्यवस्था मिलाएको छ ।
पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन कोषले सादा पोसाकमा प्रहरी खटाई शंकास्पद व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिने व्यवस्था पनि मिलाएको छ । दर्शनार्थीलाई मनोरञ्जन दिन धार्मिक कार्यक्रम र गीत–संगीतका लागि भारतीय कलाकारलाई समेत बोलाइएको कोषले जनाएको छ ।
मन्दिर क्षेत्रलाई सफा र व्यवस्थित बनाउन यस वर्ष पशुपति क्षेत्रलाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गरिएको छ । कोषले पहिलोपल्ट भारतको सिलीगुढीबाट १६ लाखको आधुनिक बत्ती मगाएर मन्दीरलाई झकिझकाउ बनाएको पनि कोषले जनाएको छ । दर्शनार्थीहरुको चापलाई ध्यानमा राखेर कोषको आग्रहमा नेपाल टेलिकम तथा एनसेलले पशुपति क्षेत्रमा बुधवारबाटै बिटिएस भ्यान राखी मोबाइल सेवालाई सहज बनाएको छ ।
‘एसएमएसमार्फत पनि महाविशरात्रिको सन्देश दिने व्यवस्था गरेका छौ,’ सदस्य सचिव टण्डले भने, ‘नेपाल प्रवेश गर्ने नाका विराटनगर, वीरगन्ज, सुनौली, भैरहवा, कााकडभिट्टा, महेन्ऽनगर, धनगढी जस्ता स्थानमा समेत स्वागत तुल र व्यानर राख्ने व्यवस्था मिलाएको छ ।’

प्रतिक्रिया