काठमाडौं, २१ माघ । शिक्षा क्षेत्रमा पनि व्यापक भ्रष्टाचार हुने देशहरूको सूचीमा नेपाल अग्रस्थानमा रहेको एक प्रतिवेदनले देखाएको छ ।
ट्रान्सपरेन्सी इन्टरनेसनलले गरेको एक अध्ययनमा दक्षिण एसियामा शिक्षा क्षेत्रमा भ्रष्टचार हुनेमा नेपाल सबैभन्दा अगाडि रहेको छ ।
ट्र्रान्सपरेन्सीले हालै प्रकाशित गरेको विश्व भ्रष्टाचार प्रतिवेदनमा नेपाललाई सर्वाधिक भ्रष्टाचार हुने मुलुकहरूको सूचीमा समावेश गरेको हो । ट्रान्सपरेन्सीको प्रतिवेदनमा दक्षिण एसियाली देशहरूमा शिक्षामा भ्रष्टाचार हुने मुलुकहरू मध्ये नेपालपछि पाकिस्तान रहेको छ ।
प्रतिवेदनमा नेपालमा शिक्षामा कति भ्रष्टाचार हुने गरेको भन्ने बारेमा भने उल्लेख गरिएको छैन ।
नेपालभन्दा अगाडि क्यामरुन, बोस्निया र हर्जगोभिना, घाना, चिली, मोरक्को, अर्मेनिया, नाइजेरिया, पपुवा न्यु गिनी, पेरु, भियतनाम र ग्रिस छन् ।
प्रतिवेदनमा नेपालपछि पाकिस्तान, टर्की, अमेरिका, केन्या, अफगानिस्तान, रोमानिया, फिजी, जर्मनी, हंगेरी, संयुक्त अधिराज्य, जर्जयिा, बंगलादेश र रुवान्डालाई राखिएको छ । प्रतिवेदनले शिक्षामा भ्रष्टाचार हुने देशहरूमा अमेरिका, संयुक्त अधिराज्य, जर्मनीजस्ता ठूला मुलुक पनि रहेका छन् । अफ्रिकी मुलुक रुवान्डामा भने शैक्षिक भ्रष्टाचार निकै कम हुने गरेको औँल्याइएको छ ।
प्रतिक्रिया