ताप्लेजुङ विमानस्थलमा सफलतापूर्वक परीक्षण

काठमाडौं । तारा एअरको डोनियर–२२८ बिमानबाट क्याप्टेन बोध राज निरौला र क्याप्टेन राजेश श्रेष्ठले काठमाण्डौंबाट उडेको बिमान ताप्लेजुङ बिमानस्थलमा सफलतापूर्बक परिक्षण उडान अवतरण गरेको छ । उक्त परिक्षण उडानको नेतृत्व नेपाल नागरिक उड्यन प्राधिकरणका प्रतिनिधिहरुद्धारा भएको थियो । काठमाण्डौंबाट ताप्लेजङ सम्मको उडान समय ४५ मिनेट लागेको थियो ।
परिक्षण उडानको प्रतिवेदन नागरिक उड्डयन प्राधिकरणमा पेश भै प्राधिकरणबाट धावनमार्ग उडान योग्य प्रमाणित भै सके पश्चात् उक्त बिमानस्थलमा हप्ताको एक उडानबाट नियमित उडान शुरु गरिने तारा एअरका उप निर्देशक सरल राणाले बताइन । दुर्गम नेपालको एकमात्र यातायातको बिकल्प तारा एअर नै रहेको र यसले लामो समयदेखि दुर्गमका जनताहरुलाई भरपर्दो तथा नियमित सेवा पुर्‍याउ‘दै आईरहेको कम्पनीले जनाएको छ । नेपालको भू–बनोटका कारण सेवा संचालन गर्न अत्यन्तै महंगो तथा कठिन भएता पनि दुर्गमका बासिन्दाहरुलाई सुगमसंग जोड्ने आफ्नो  प्रतिबद्धतामा तारा एअर सदैब प्रतिबद्ध रहेको कम्पनीको भनाइ छ । तारा एअरको दुर्गममा सेवा सूचारु रहेका सबै सेक्टरहरुमा हप्ताको एक एकवटा सहुलियत उडान समेत गर्दै आइरहेको छ ।

प्रतिक्रिया