लुम्बिनी विकास कोषमा कर्मचारीको चरम लापरबाही: अख्तियार

lumbiniभैरहवा, ६ माघ । विश्व पर्यटनको केन्द्र मानिने लुम्बिनी विकास कोषमा कर्मचारीहरुको चरम लापरबाहि हुने गरेको रहस्य बाहिर आएको छ ।
विकास कोषमा उपाध्यक्ष, सदस्य सचिव, कोषाध्यक्ष, परियोजना प्रमुख, सूचना प्रमुख, इन्जिनियरलगायत २ सय जना भन्दा बढी कर्मचारी रहेता पनि सोमबार ५ जना मात्रै कर्मचारी कोषमा भेटिएका थिए । सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिम क्षेत्रीय कार्यलय पोखराको टोलीले लुम्बिनी विकास कोषको गतिविधीको सम्बन्धमा अकस्मात निरिक्षण गर्दा कार्यालय समयमा कार्यालय परिसरमा कर्मचारीको अनुपस्थिती पाईएको हो ।
प्रशासनिक, निमार्ण तथा लेखा तर्फ आर्थिक अनियमितताको उजुरी परेपछि अख्तियार र रुपन्देही प्रशासनको टोली सोमवार लुम्विनी विकास कोषमा पुगेको थियो । बिहान ११ बजे कोषको कार्यालयमा पुगेको टोली दिनभर कोष परिसरमा बस्दा समेत ५ जना कर्मचारी बाहेक अन्य कर्मचारीको उपस्थिती नदेख्दा तिन छक परेका थिए ।
यसरी कोषमा कर्मचारी नभेटिएपछि अख्तियारटोलिले उपस्थित ५ जना कर्मचारीलाई सुझाव दिएको छ । अख्तियारबाट खटिएका एक जना कर्मचारीले भने, ‘कार्यालय समयमा ५ जना मात्रै कर्मचारी हुनु चरम लापरवाही हो । हामीले विना कारण कार्यालय समयमा कार्यालयमा उपस्थित नहुने कर्मचारीलाई कारवाहिको प्रक्रियामा राख्छौ ।’
सोमवार दिनभर कोषमा ईन्जीनियर सरोज भट्टराई, लेखा अधीकृत भिम बस्नेत, सहायक स्टोर किपर गिरीराज गौतम, कार्यालय सहयोगी चन्दर लोध र गोविन्द पोखरेल मात्र कार्यालयमा थिए भने अन्य कर्मचारी ४ बजेसम्म पनि कार्यालयमा आएनन् । सवै कर्मचारी नभएकाले पुरै कागजात समेत अख्तीयारले ल्याउन सकेको छैन् भने केही काजातहरु हेर्दा अनियमितताका आधारहरु भेटीएको अख्तीयारले जनाएको छ ।
कर्मचारीहरुले लापरवाही गरेर कार्यालय छाडेर अन्यत्र गएको प्रति अख्तियारले चरम लापरवाही भएको जनाएको छ । अख्तियार पश्चिम क्षेत्रीय प्रमुख दुर्गा पोखरेलले भने, ‘पहिलो अध्ययनमै कर्मचारी भेटिएनन् । केही अस्वभाविक खर्चका तथ्यहरु भेटीएका छन् । कोषमा हुने ईन्धन खर्च, अतीथी सत्कार, सरसफाई, बुद्ध जयन्तीमा हुने खर्च सम्बन्धमा प्रारम्भिक रुपमा आर्थिक ऐन नियम विपरीत देखीएको छ । यस सम्बन्धमा हामीले छानविन गर्छौ ।’
अख्तियार प्रमुख पोखरेलले भने, ‘कार्यालय समयमा कर्मचारी कार्यालयमा उपस्थित नहुनु भनेको चरम लापरवाही हो । ती कर्मचारीलाई तत्काल प्रशासनिक कारवाहिको लागी हामी निर्देशन दिन्छौ ।’
यस्तै अख्तियारले सोमबारै १८ करोडको लागतमा निमार्ण हुन लागेको सुचना केन्द्र, युनिटी ब्लकलगायतका काजजात पनि नियन्त्रणमा लिएको छ ।
यता कोषका सदस्य सचिव एवं प्रवक्ता अजीतमान तामाङ कोषकै कार्यकारी बैठकको लागी काठमाडौं रहेको बताए । उनले कोषमा कर्मचारीको चरम लापरवाही रहेछन नी भनि सोधिएको प्रश्नमा भने, ‘ अख्तियारले मागेको आवश्यक जानकारी उपलब्ध गराएका छौं ।’ कर्मचारीको चरम लापरवाही सम्बन्धमा चाहि त्यस्तो भएको हुन नसक्ने प्रतिक्रिया दिए ।
सोमबारनै अख्तियारको टोलिले जिल्ला मालपोत कार्यलयमा समेत निरिक्षण गरेको छ । उक्त निरीक्षणको क्रममा सहायक प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङ, जिल्ला प्रसासनका मुद्धा प्रमुख प्रेम गैरे , अख्तियारका अधिकृत लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया