कोइरालाले छाड्ने भन्दै चितवनमा टिकटको लबिङ

चितवन, २४ मंसिर । दुई क्षेत्रमा चुनाव जितेकाले एउटा क्षेत्र छाड्नुपर्ने प्रावधान अनुसार नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले चितवन–४ छाड्ने सम्भावना बढेको भन्दै टिकट हात पार्न जिल्ला नेताहरुले दौडधुप शुरु गरेका छन् ।
कोइरालाले चुनाव जितेको चितवनको क्षेत्र नम्वर ४ मा सभासद बन्न दुई दर्जन बढिको चाहना भएपछि सबैको चित्त बुझाउन कठिन बनेको छ । २० जना प्रत्यक्ष र ९ जनाको नाम समानुपातिकतर्फ सिफारिस भएकोमा कोइराला स्वयं उम्मेदवार बनेर आएपछि प्रत्यक्ष तर्फका सबै पछि हटेका थिए । तर कसैको चित्त नदुखोस भन्ने मनसायले समानुपातिकमा ८ जनालाई उम्मेदवार बनाइएको थियो । अहिले तीमध्येवाट नाम छनौट गर्न र कोइरालाले छाड्ने तयारी गरेको चितवन ४ को उपनिर्वाचनमा प्रत्यक्ष तर्फवाट टिकट सुनिश्चित गर्न सबैले चाहना देखाएपछि कोइरालालाई धमर् संकट परेको हो ।
चितवनमा भारी मतान्तरले काोईराला विजयी भएका थिए । विजयी बनेको अर्को बाँके ३ उनको गृहक्षेत्र हो, बाँकेमा कम मतान्तरले जितेकोले कोइरालाले चितवन छाड्ने तयारी गरेको बुझिएको छ । चितवनमा निकटम प्रतिद्वन्द्वी एमालेकि पार्वर्ती रावल र एमाओबादिका चित्र बहादुर श्रेष्ठसंग दश हजार बढि मत र बाँकेमा मात्र ३ हजार मतान्तर छ ।
उपनिर्वाचनको लागी पूर्व जिल्ला सभापति रामकृष्ण घिमिरे, युवा नेताहरु दिनेश कोइराला र विजय शर्मा भुषालले आन्तरिक लबिङ तीव्र बनाएका छन । घिमिरे पार्टी केन्द्रमा राम्रो पकड राख्छन । कोइरालाले चितवन छाड्ने संकेत पाए लगत्तै घिमिरे केही दिन राजधानी बसेर जिल्ला फर्कएिका छन । अहिले जिल्लामा काग्रेस बिचमै तछाड र मछाडको अवस्था चलिरहेको कांग्रेस नेताहरु बताउँछन् ।

प्रतिक्रिया