पत्रकारलाई धम्की

बर्दिया, २३ मंसिर । समाचार लेखेको विषयमा नेपाल पत्रकार महासंघ बर्दियाका सदस्य, प्रेस चौतरी भेरी अञ्चल कमिटीका सचिव एंव राजधानी दैनिकका बर्दिया संवाददाता सुदीप अधिकारीलाई दिएको धम्की प्रति जिल्लामा क्रियाशिल पत्रकारका संघ/संगठनहरुले भ्रत्र्सना गरेका छन् ।
मंसिर २० गतेको राजधानी दैनिकमा प्रकाशित समाचारको विषयलाई लिएर नेउलापुर–५ (भुरीगाउँ)का ट्रयाक्टर व्यवसायी भानु तिमिल्सिनाले पत्रकार अधिकारीलाई धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ, प्रेस चैतारी नेपाल, क्रान्तिकारी पत्रकार संघ र प्रेस युनियन बर्दियाले शनिवार विज्ञप्ती जारी गरी भत्र्सना गरेका छन् ।विज्ञप्तीमा मंसिर २१ गते साँझ राजधानी कर्मी अधिकारीलाई जे पनि हुन सक्ने भन्दै फोनबाट धम्की दिएको प्रति हामी घोर भ्रत्र्सना गर्दैै दोषीलाई कानूनी कार्वाही गर्न माग गरिएको छ । विज्ञप्ती मार्फत कुनै पनि सञ्चार माध्यममा प्रकाशित तथा प्रसारित समाचार प्रति चित्त नबुझे कानूनी बाटोबाट अघि बढ्ने व्यवस्था हुँदाहुँदै फोनबाट धम्की दिने ट्रयाक्टर व्यवसायी तिमिल्सिनालाई कडा भन्दा कडा कानुनी कार्वाहीको लागि हामी स्थानीय प्रशासनसंग जोडदार माग गर्दछौ भनिएको छ ।

प्रतिक्रिया