रेविज खोप सम्पन्न

पाँचथर : पशु सेवा केन्द्र यासोकले स्थानिय स्तरमा रेविज विरुद्धको खोप अभियान विहिवार  सम्पन्न  गरेको छ । अभियानमा यासोक, स्यावरुम्वा, रानीगाउँ माङजावुङ र आङसराङका एक सय १५ वटा कुकुर तथा विरालोलाई रेविज विरुद्धको खोप लगाईएको पशु सेवा केन्द्र यासोकका शंकर पंथिले जानकारी गराए । अभियान जिल्ला पशु सेवा कार्यालयको प्राविधिक सहयोगमा संचालन भएको थियो । घरपालुवा पशुहरुवाट हुनसक्ने सम्भावित जोखिम न्युनिकरण गर्न अभियान थालिएको र क्रमश अन्य गाविसहरुमा समेत संचालन गर्ने पशु कार्यालयले जनाएको छ

प्रतिक्रिया