जड्याहा कारबाहीबाट डेढ लाख राजश्व

कालिकोट २१ मंसिर । जिल्ला प्रशासन कार्यालय कालिकोटले गत श्रावण यता रक्सी सेवन गरेर सदरमुकाम मान्म बजारमा होहल्ला गर्ने डेढसय भन्दा बढी जड्यालाई दण्डित गरेको छ ।

कार्यालयले गत श्रावण १ देखि सदरमूकाम बजारमा जाड रक्सी सेवन गरी जथाभावि रूपमा होहल्ला गर्ने व्यक्तिलाई गिरफ्तार गर्न प्रहरीलाई निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय कालिकोटको सक्रियतामा ५ महिनाको अवधिमा १ सय ५६ जनालाई गिरफतार गरी दण्डित गर्न प्रशासनमा बुझाएको छ ।
प्रशासनले कार्यालयमा आएका सबै जड्याहरूलाई एक रात राखी जनही एक हजारका दरले जरिवाना गरेपछि डेढ महिनामा एक लाख ५५ हजार ३ सय ७५ रूपैया राजस्व संकलन गरेको कार्यालयका सुचना अधिकृत यामबहादुर बुढाले जानकारी दिए । उनका अनुसार बजार क्षेत्रमा रक्सी सेवन गरी होहल्ला गर्नेहरूको संख्या बढ्दै गएपछि दोस्रो संबिधान सभालाई मध्यनजर गर्दै गत श्रावणबाट जथाभावी जाडरक्सी सेवन गर्नेलाई नियन्त्रण गर्न सुरु गरिएको हो । यसको लागी लागि प्रशासनले कडा अभियान नै संचालन गरेको थियो । यो अभियान प्रहरीले अहिले पनि जारी राखेको छ ।
पहिलेको तुलनामा अहिले बजार क्षेत्रमा खुलमखुल्ला रक्सी सेवन गर िहोहल्ला गर्नेहरूको संख्या पनि घट्दै गएको सुचना अधिकृत बुढाले बताए ।
पछिल्लो समयमा जिल्लाको सदरमुकाम मान्म बजारका सामान्य चिया पसलहरूमा समेत रक्सी सेवन गरेर राजनीतिक कूराकानी गर्ने प्रचलन बढ्दै गएको छ । सामान्यतया किशोरावस्थाका युवाहरूदेखि बृद्धबृद्धाहरूका लागि समेत रक्सी फेसनका रूपमा देखापरेको छ ।
कार्यालयका अनुसार अभियानका क्रममा रक्सी सेवन गरी दण्डित हुने पहिलो व्यक्ती श्रावण ११ गते सुकाटिया गाविस–९ का एक व्याक्तिले पैसा नहुदा सहूलियत जरिवाना ५ सयमात्र तिराएर घर पठाएको थियो । त्यो पनि आफन्तले तिरीदिएका थिए । किनकी उनीसंग जरिवाना तिर्ने त्यति पनि पैसा थिएन । सुचना अधिकृत बुढाका अनुसार पहिलो पटक रक्सी सेवनगरी प्रशासनमा आउने व्याक्तियाई फेरी जथाभावी रक्सी सेवन नगर्ने सर्तमा एक हजार जरीवाना तिराएर घर पठाउने गरेको छ ।
कालिकोटलगायतका बिकट जिल्लाहरूमा यसरी खुलेआम रूपमा रक्सी सेवन गर्ने प्रचलन बृद्धि हुनुमा मुख्य दोषि राजनीतिक दलहरू नै हुन सक्ने अनुमान छ । राजनीतिक दलहरूले बिभिन्न बाहानामा स्थानीय स्तरमा पार्टीको आयोजना गरी रक्सीकै अत्याधिक प्रयोग गर्ने र कुनै नेताहरू गाउ जादा जनताहरूले पनि कूखुरा र रक्सीले सम्मान गर्नु पर्ने कुप्रथाका कारण पनि यस्तो अवस्था आएको हो । जथाभावी रक्सी सेवन गरेर होहल्ला गरेका कारण प्रहरीले प्रशासन ल्याएर सजाय भोग्ने व्याक्तिहरू अधिकांश राजनीतिक दलहरूका स्थानीय स्तरका ठुला नेताहरू परेका छन् । उनीहरू कूनै न कूनै रानीतिकदलका स्थानीय स्तरका नेता भित्र पर्दछन् ।

प्रतिक्रिया