श्रीमान्को कुटाइले गर्भपतन

Garvawati Mahilaधनगढी, २० मंसिर । बझाङमा श्रीमान्को कुटपिट पछि पीडा सहन नसकी जिल्ला प्रहरी कार्यालय बझाङमा कार्वाहीको लागी उजुरी गर्न सदरमुकाम चैनपुर आएकी पाटादेवल गाविस ५ की करुणा खड्का (थापा) को सोमबार गर्भ तुहिएको छ ।

५ महिनाकी गर्भवति रहेकी करुणाको चैनपुरको महिला सेफ हाउसमा गर्भ तुहिएको हो । करुणाका श्रीमान् दीपक खड्काले सधै मदिरा सेवनगरि कुटपिट गर्ने गरेको करुणाको भनाई छ । कुटपिटले पीडा सहन नसकेर प्रहरीलाई उजुरी गर्न आएको बेला करुणाको ५ महिनाको गर्भ तुहिएको महिला सेफ हाउसकी सहजकर्ता गीता सिंहले बताइन् ।
घरमा श्रीमान्बाट आºनो हत्यासम्म हुनसक्ने खतराले करुणा जिल्लास्थित महिला अधिकारकर्मीको संरक्षणमा सेफ हाउसमा बसेकी छन् । कुटपिटबाट मानसिक र शारीरिक रूपमा सख्त घाइते करुणाको सोमबार राती एक्कासी व्यथा लागेर पेटमा रहेको बच्चा झऱ्यो सिंहले भनिन् ।
आइतबारदेखि सेफ हाउसमा बस्दै आएकी करुणाको गर्भ तुहिएको जानकारी पाएपछि बझाङ प्रहरी कार्यालयका इन्स्पेक्टर ज्ञानबहादुर विष्टले मंगलबार जिल्लास्थित महिला अधिकारकर्मीको रोहवरमा घटनाको मुचुल्का बनाएको बताए ।
‘श्रीमान्बाट भइरहेको घरेलु हिंसालाई सहन नसकेर न्याय खोज्न प्रहरी कहाा आएकी करुणाको गर्भमा रहेको बच्चा पनि तुहिएको छ,’ इन्स्पेक्टर विष्टले भने, ‘यो घटनालाई प्रहरीले गम्भीर रूपमा लिई आरोपितलाई कार्वाही गर्नेछ ।’
कुटपिट गर्ने करुणाका श्रीमान् दीपकलाई पक्राउ गर्न प्रहरीको एक टोली पठाएको इन्स्पेक्टर विष्टले जानकारी दिए । घटना पछि दीपक फरार रहेकोले खोजीकार्य भइरहेको इन्स्पेक्टर विष्टको भनाइ छ ।
गर्भ तुहिएको बच्चालाई जिल्ला अस्पताल सिमखेतमा पोष्टमार्टम गरिएको छ । सेफ हाउसमा श्रीमान्को कुटपिट र प्रसव पीडामा रहेकी करुणाले पीडा सहन नसकेर अन्तिम अवस्थामा न्यायका लागि प्रहरीकोमा आएको बताइन् । उनले श्रीमान् दीपकलाई कार्वाही गर्नुपर्ने विचार व्यक्त गरेकी छिन् । कुटपिटबाट करुणाको अनुहार सुनिएको छ भने शरिरभरि चोटैचोट छन् । दीपकले बिना कसुर मदिरा सेवन गरी कुटपिट गर्ने गरेको उनको भनाइ छ ।
विएड प्रथप वर्षमा अध्ययन करुणा १८ वर्षकी हुन् । करुणाको दुई वर्ष अघि २० वर्षीय दीपकसंग प्रेम विवाह भएको थियो । सानै उमेरमा प्रेम विवाह गर्ने प्रचलनले बझाडमा घरेलु हिंसाका घटनामा बृद्धि भइरहेको महिला अधिकारकर्मी आशा विकले बताएकी छिन् ।

प्रतिक्रिया