नेपाल–चीन सहसचिवस्तरीय वार्ता

काठमाडौं, २० मंसिर । नेपाल–चीन सीमा क्षेत्रमा सुरक्षा व्यवस्था सुदृढ तुल्याउने सहमतिका साथ नेपाल–चीन सहसचिवस्तरीय वार्ता सम्पन्न भएको छ ।

परराष्ट्र मन्त्रालयमा बुधवार भएको वार्तामा दुवै मुलुकका सीमा क्षेत्रबाट हुने आपराधिक गतिविधि नियन्त्रण गर्न तथा अवाञ्छित क्रियाकलाप हुन नदिन सुरक्षा निकायबीच सूचना आदानप्रदान गर्ने सहमति भएको छ ।
सुरक्षा संवेदनशीलता र दुवै मुलुकका चासोलाई सम्बोधन गर्न आपसी सहकार्य एवम् सहयोगलाई अझ अभिवृद्धि गर्ने तथा पारस्परिक हितका क्षेत्रमा आवश्यक काम गर्नेतर्फ वार्ता केन्द्रित रहेको बताइएको छ । उक्त मन्त्रालयको चीन महाशाखा प्रमुखसमेत रहेकी सहसचिव अम्विकादेवी लुइटेलले नेपाली पक्षको नेतृत्व गरेकी थिइन् ।
चिनियाँ टोलीको नेतृत्व नेपालका लागि चीनका पूर्व राजदूत एवम् त्यहााको विदेश मन्त्रालयको बाह्य सुरक्षा विभागका महानिर्देशक क्वो गोहाङले गरेका थिए । वार्तामा दुवै देशका परराष्ट्र र गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता थियो ।
बुधवारै वार्ताका लागि आएको १० सदस्यीय चिनियाा प्रतिनिधिमण्डलले परराष्ट्र सचिव अर्जुनबहादुर थापा र गृहसचिव जनार्दन नेपालसँग बेग्लाबेग्लै भेटवार्ता गरेको थियो ।

प्रतिक्रिया