सत्र किलो सुन सहित ३ जना पक्राउ

goldकाठमाडौं, १९ मंसिर । सिन्धुपाल्चोकको तातोपानी भन्सारमा १७ किलो अवैध सुनसहित तीनजना पक्राउ परेका छन् ।

तातोपानी भन्सारमा चेकजाँचका क्रममा प्रहरीले एक नेपाली महिला र दुई जना चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।

झोला, शरीर र जुत्तामा लुकाएर सुन तिव्बतबाट नेपाल भित्राउँदै गरेको प्रहरी भनाई छ । पक्राउ पर्ने महिलामा सिन्धुपाल्चोक मार्मिन–८ निवासी ल्हामो तामाङ हुन् ।

महिलाको साथबाट ९ किलो र चिनियाँ नागरिबाट आठ किलो सुन भेटिएको हो ।

प्रतिक्रिया