काठमाडौं, १९ मंसिर । चौधरी गु्रपले सञ्चालन गरेको सिजी टेकिममा कार्यरत मजदुरहरुले सरकारले तोकेको न्यूनतम तलव भत्ता नदिएपछि मजदुरहरु धर्नामा बसेका छन् ।
चौधरी ग्रुपका मालिक विनोद चौधरी विश्वका धनाढ्यहरुको सुचीमा छन् । चौधरीको सिजी टेलिकममा कार्यरत मजदुरहरुले न्यूनतम तलवपनि समयमै नपाएपछि आन्दोलन थालेका हुन् ।
अखिल नेपाल सञ्चार छापाखाना तथा प्रकाशन मजदुर संघ इकाई समितिको नेतृत्वमा वालुवाटारस्थित सिजी टेलिकमको कार्यालयको मुल गेटमा मजदुरहरु आज (बुधबार) धर्नामा बसेका छन् ।
संघर्ष समितिका संयोजक जीवन दाहालले आफ्ना मागहरु पुरा नभएसम्म आन्दोलन जारी रहने बताए । उनले मजदुरका मागलाई वार्ता मार्फत सम्वोधन गर्ने भन्दै सञ्चालकले बोलाएपनि आधिकारिक जानकारी नआएको बताए ।
विश्व वैंकको ११ दशमलव ८ मिलियन डलरको सहयोगमा २०६० सालमा पूर्वाञ्चलका सञ्चार विहीन ५ सय ४३ गाविसमा २ लाईन फोन पीसीओको रुपमा सञ्चालन गर्ने अनुमति पाएको स्याटेलाईट टेलिकम (एसटीएम) ले १ हजार ६८ लाइन वितरण गरेको थियो ।
सञ्चारको पहुँच नपुगेका गाविसमा नि:शुल्क वितरण गरिनुपर्ने विश्व बैंकको निर्देशन विपरित सञ्चालक अमर जावेद, अविनम पुरी, सुजन दास र वल्र्ड वैंकका नेपाल प्रतिनिधी सुनिल जाकी बन्जाले जनताका नाममा आएको विदेशी टेलिकमलाई मोटो रकम लिएर चौधरी ग्रुपलाई बेचेको मजदुरहरुको आरोप छ ।
२०६४ सालमा नेपालभरि काम गर्नेगरी सित्तैमा २ दशमलव ४ मेगाहर्जबाट जिएसएम मोवाइल चलाउने र ५७ जिल्लामा लिमिटेड मोवाइल सञ्चालनको अनुमति पाएको (एसटिएम) चौधरी ग्रुपले अहिले ५ हजार २ सय ८० वटा मात्रै लाइन सञ्चालन गरिरहेको छ ।
प्रतिक्रिया