साढे दुई अर्ब राजस्व संकलन

चितवन : चालु आर्थिक वर्षको पहिलो चौमासमा आन्तरिक राजस्व कार्यालय भरतपुरले दुई अर्ब ५४ करोड ४४ लाख राजस्व सङ्कलन गरेको छ । राजस्व कार्यालयले यस आवको अन्त्यसम्ममा आठ अर्ब ३६ करोड ३८ लाख ८६ हजार राजस्व अशुली गर्ने लक्ष्य राखेको छ । आवको पहिलो चौमासिकमा लक्ष्यभन्दा बढी सात करोड दुई लाख १९ हजार राजस्व सङ्कलन गरेको आन्तरिक राजस्व कार्यालय भरतपुरका प्रमुख प्रेम उपाध्यायले जानकारी दिए ।
कार्यालयले पहिलो चौमासिकमा सबैभन्दा बढी राजस्व अन्त:शुल्कबापत उठाएको छ । अन्त:शुल्कबाट दुई अर्ब १६ करोड ४४ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । लक्ष्यभन्दा ६ करोड ५३ लाख ३५ हजार अन्त:शुल्कबाट बढी सङ्कलन गरेको छ ।
कार्यालयले मूल्य अभिवृद्धि करअन्तर्गत २१ करोड ८५ लाख ११ हजार राजस्व सङ्कलन गरेको छ । लक्ष्यभन्दा बढी पाँच करोड ४२ लाख ८४ हजार रुपियाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । कार्यालयले आय करअन्तर्गत १४ करोड ९० लाख ३५ हजार राजस्व सङ्कलन गरेको छ ।
कार्यालयले शिक्षा सेवा करअन्तर्गत ३४ लाख ९५ हजार राजस्व सङ्कलन गरेको छ । स्वास्थ्य सेवा करअन्तर्गत ८९ लाख ४३ हजार राजस्व सङ्कलन गरेको छ । अघिल्लो अर्थिक वर्षको तुलनामा यस वर्ष शतप्रतिसत राजस्व बढी सङ्कलन गरेको हो । गत आवमा भन्दा यस आवमा राजस्व सङ्कलन बढ्ने र पहिलो चौमासिकको प्रगतिअनुसार लक्ष्यभन्दा बढी राजस्व सङ्कलन हुने अनुमान कार्यालयले गरेको छ । (सौस)

प्रतिक्रिया