निर्वाचन आयोगको आदेश मान्दै नेताहरू

काठमाडौं, १९ मंसिर । संविधानसभा निर्वाचनमा प्रयोग गरिएका पर्चा, पम्पलेट लगाएतका प्रचार सामग्री हटाउन निर्वाचन आयोगले गरेको आग्रहको नेताहरुले पालना गर्न थालेका छन् । काठमाण्डौं क्षेत्र नम्वर ८ का एमालेका पराजित उम्मेदवार जिवनराम श्रेष्ठ आफुले प्रयोग गरेको पोष्टर हटाउन थालेका छन् ।

निर्वाचनमा पराजय भए पनि नियम सबैले मान्नु पर्छ भनेर आफ्नो दायीत्व पुरा गर्न लागेको श्रेष्ठले बताए । आफ्नो क्षेत्रमा पर्ने स्वयम्भु इलाकाबाट सुरु गरीएको उत्त अभियान क्रमश सबै तिर गर्ने जानकारी श्रेष्ठले दिए । निर्वाचनमा प्रचारको लागी पोष्टर पम्पलेट टाँसे पनि त्यसले वातावरण र शहरको सौन्दर्य बिगार्ने श्रेष्टको भनाई छ । आफुले प्रयोग गरेका यस्ता समान आफैले सफा गर्ने हो भने वातावरण स्वच्छ रहने हुनाले आफुले उत्त कार्य गरेको र अरुले पनि आफ्ना यस्ता पोष्टर हटाउदा ठिक हुने उनले बताए । यस अघि सोही क्षेत्रबाट विजयी नेपाली काँग्रेसका उम्मेदवार नविन्द्र राज जोशीले आफनो लागी प्रयोग गरिएका पर्चा पम्प्लेट हटाउने अभियान शुरु गरिसकेका छन् ।

प्रतिक्रिया