काठमाडौ, १७ मंसिर । फिफा वल्र्ड कप ट्रफी टुर अन्तर्गतको कार्यक्रमका लागि कोका–कोलाद्वारा संचालन गरिएको अन्डर द क्याप अभियानका थप ६०० विजेताहरुको छनोट उद्योग तथा वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यको उपस्थितिमा लक्की ड्र मार्फत सम्पन्न भएको छ । यसै लक्की ड्रका मार्फत फिफा वल्र्ड कप ट्रफीेटुरको आधिकारीक प्लेनमा फिफा वल्र्ड कप ट्रफीसागै भुटान–नेपाल यात्राको मौका पाउने थप दूई भाग्यशाली विजेता पनि छानिएका छन् ।
भाग्यशाली विजेताहरुको नाम एपीसिए हाउसमा १३ मंसिरमा भएको कार्यक्रम मार्फत सार्वजनिक गरिएको थियो । हरेक विजेताहरुले २१ डिसेम्बर २०१३ मा दशरथ रङ्गशालामा हुने कार्यक्रममा असली फिफा वल्र्ड कप ट्रफी हेर्ने २ वटा टिकट पाउनेछन् ।
यस फिफा वल्र्ड कप ट्रफी टुर कार्यक्रमका अन्तर्गत १ हजार ५सय विजेताहरुले कार्यक्रमका लागि दुईवटा पास जित्नेछन् भने तीनजना विजेताहरुले फिफा वल्र्ड कप ट्रफी टुरको आधिकारीक प्लेनमा फिफा वल्र्ड कप ट्रफीसागै भुटान–नेपाल यात्राको मौका पाउन सक्नेछन् ।
ग्राहकहरुले फिफा वल्र्ड कप ट्रफी टुर अङ्कित ३०० मि.लि. र ५०० मि.लि.को कोका–कोलाको बिर्को मुनि भएको ९ अंकको युनिक कोडलाई ७७२२ मा एस् एम् एस् गरि लक्की ड्रमा भाग लिन सक्नेछन् । यो योजना मंसिर २७ सम्मका लागि मात्र हुनेछ ।
यस प्रतिष्ठित स्वर्ण फिफा वल्र्ड कप ट्रफीलाई पहिलो पटक नेपालमा ल्याउन कोका–कोला कम्पनी र अखिल नेपाल फुटबल संघ (एन्फा) को सहकार्य रहेको छ ।
“फिफा वल्र्ड कप ट्रफी त्: लाई पहिलो पटक नेपालमा ल्याउन सकेकोमा हामी निकै खुसी छौ । यस ऐतिहासिक घटनाको अनुभूति गर्न ३,००० भन्दा बढी फुटबल फ्यानहरुको उपस्थिति हुने अनुमान गरिएको छ । हामी हाम्रा ग्रहकहरुको फुटकल प्रतिको उत्साहमा सहभागि हुन चाहन्छौा, ’ कोकाकोलालो जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
युटिसी क्याम्पेनलाई प्रिन्ट, रेडियो तथा टि.भी.का साथै पेस्टर र अन्य वाह्य भेन्डरहरुबाट समेत सहयोग मिलेको जनाइएको छ ।
नेपालमा कोका–कोला
कोका–कोलाको कोका–कोला, स्प्राईट, फ्यान्टा र किन्ले जस्ता वृहत् रेन्जका पेय पदार्थहरुले देशभरिका ग्राहकहरुलाई ताजापन प्रदान गर्दछ । कोका–कोलाको नेपालमा रहेको निकायले ५००० भन्दा बढीलाई प्रभाव पार्दछ । कोका–कोलाले आफ्नो सामाजिक दायित्वका प्रोजेक्टहरु मार्फत थुप्रै क्रीयाकलापहरु गर्ने गर्दछ, जस अन्तर्गत स्वस्थ र स्फूर्तिपूर्ण जीवन जिउन प्रेणित गर्नका लागि एन्फाको साथमा कोका–कोला फुटबल कप, देशभरिका विद्यालय र गाउहरुमा सुरक्षित पिउने पानीका लागि ग्ल्ज्ब्द्यक्ष्त्ब्त् सागको साझेदारी र पानीको श्रोतहरुको जीर्णोद्धार परियोजना सञ्चालन गरेको छ ।
प्रतिक्रिया