चार दशक पुरा गर्दा पनि नायक : शर्मिला

Sharmila-Tagore-मुम्बई : प्रसिद्ध अभिनेत्री शर्मिला टैगोरले पुरुष अभिनेताहरुको वर्चस्व अहिले पनि फिल्म उद्योगमा कायम रहेको भन्दै पटकथा समेत उनीहरुलाई ध्यानमा राखेर लेख्ने गरेको आरोप लगाएकी छन् ।

राष्ट्रिय पुरस्कार प्राप्त गरिसकेकी ६८ वर्षीय अभिनेत्री शर्मिलाले भनेकी छन्, ‘अमिताभ बच्चन, अनुपम खेर र नसीरद्धीन शाह जस्ता अभिनेता अहिले पनि वलीवुडमा वर्चस्व बनाएर बसेका छन् ।’ समकक्ष अभिनेत्रीहरु भने हराई सकेको भन्दै उनले उमेर बढ्दै गरेका अभिनेत्रीहरुलाई वलीउडले भुलेको आरोप लगाईन् ।

‘चार दशक उमेरका अभिनेताहरु भरखरै आएका नयाँ अभिनेत्रीहरुसँग प्रेम गर्दै गरेका दृश्यमा हुन्छन्,’ शर्मिलाले भनेकी छन्, ‘तर त्यही उमेरका अभिनेत्रीलाई कुनै पटकथा हुँदैन ।’

अभिनेत्री शर्मिला टैगोरले महिलाहरुलाई सबै क्षेत्रमा सजावटका रुपमा मात्रै राख्ने गरेको बताईन् । वलीउडमा शर्मिला आफ्नो समयमा अत्याधिक सुन्दर र चर्चित नायिका थिईन् ।

प्रतिक्रिया