धानको खरिद मूल्य निर्धारण

बर्दिया, १६ मंसिर । नेपालखाद्य संस्थानले कृषकहरुबाट खरिद गर्नकालागि यस वर्षको धानको खरिद (समर्थन) मूल्य निर्धारण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विश्वकर्माको संयोजकत्वमा शुक्रबार बसेको स्थानिय प्राथमिक खरिद समितिको बैठकले मूल्यनिर्धारण गरेको हो । समितिले शनिबारदेखि लागु हुने गरी मोटो धानप्रति क्विन्टल एक हजार सात सय २५ रुपिँया, मकवानपुर एक हजार आठ सय ४० रुपिँया, मध्यम सावीत्री एक हजार आठ सय ६० रुपिँया र मसिनो धान एक हजार नौ सय रुपिँया मूल्यनिर्धारण गरेको छ । यस पटक गतबर्षको तुलनामा केही बढाएर मुल्यनिर्धारण गरिएको नेपाल खाद्य संस्थान राजापुरका प्रमुख जयराज ओझाले बताए ।
गत बर्ष धानमोटो प्रति क्विन्टल एक हजार छ सय ५० रुपिँया, मकवानपुर एक हजार आड सय रुपिँया, मध्यम सावीत्री एक हजार आठ सय पाँच रुपिँया र मसिनो धान एक हजार आठ सय ५० रुपैया निर्धारण गरेको थियो । खाद्यान्न भण्डारको रुपमा चिनिएको राजापुर क्षेत्रमा नेपाल खाद्य संस्थानद्धारा संचालित आधुनिक चामलकारखानाले यसवर्ष एक लाख क्विन्टल धानखरिद गर्ने लक्ष्य राखेको छ । गतबर्ष एक लाख २० हजार क्विन्टल खरिद गर्ने लक्ष्यलिएपनि २५ हजार क्विन्टल मात्रखरिद गरेको थियो ।
धानको समर्थन मूल्यतोकिए पछि कृषकहरु खुशीभएको भौरा टप्पा कृषि समन्वय समितिकाशर्मा चौधरीले बताए । उनले अब कृषकहरुले उचित मूल्यपाउने बताए ।

प्रतिक्रिया