सुन्तलाको कारोबारमा बढ्यो

दमक : झापाको दमकमा यसवर्ष सुन्तलाको कारोबारमा बढेको भएको छ । कात्तिकको पहिलो साताबाट फागुनसम्म यहाँ सुन्तलाको बिक्री हुने गर्दछ ।
पहाडी क्षेत्रमा सुन्तला प्रमुख नगदेबाली हो । दमक क्षेत्रमा जाडोयामभरि ठूलो परिमाणमा सुन्तलाको कारोबार हुने गरेको छ । यहाा पूर्वी पहाडी क्षेत्रबाट सुन्तला खपत हुने गरेको व्यवसायी वर्त सुब्बाले बताए । दमकमा इलाम, धनकुटा ताप्लेजुड, पााचथरलगायतका जिल्लाबाट दैनिक ६० क्विन्टल सुन्तला आउने गरेको छ । इलामको नामसालिङ, सलकपुर, पााचथरको कुरुम्बा, हाडपाड र ताप्लेजुङका विभिन्न स्थानबाट झापामा सुन्तला आउने गर्दछ ।
पोहोरको तुलनामा यो वर्ष सुन्तलाको व्यापारमा वृद्धि भएको सुब्बाले बताउनुभयो । मेची फ्रुट सेन्टर दमकका सञ्चालक मुकेश शाहले इलाम र धनकुटाबाट बढी मात्रामा सुन्तला आउने गरेको बताए । बजारमा सुन्तलाको मूल्य प्रतिकेजी ६० देखि एक सय रुपिँया सम्म पर्ने गरेको छ ।

प्रतिक्रिया