चैत पहिलो सातादेखि एसएलसी परीक्षा

slc-chitwanकाठमाडौं, १४ मंसिर । परीक्षा नियन्त्रण कार्यालय सानो ठिमीले यस वर्षको एसएलसी परीक्षा आगामी चैत पहिलो सातादेखि सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ ।

सानो ठिमीले आज (शुक्रबार) जारी गरेको सूचना अनुसार चैत–६ देखि १४ गते सम्म मुलुक भरि एकैसाथ परीक्षा सञ्चालन हुने छ । परीक्षा नियन्त्रण कार्यालयको बिहीबार बसेको बैठकले सो निर्णय गरेको हो ।

तालिका अनुसार पहिलो दिन चैत–६ गते बिहीबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । चैत–७ गते शुक्रबार अनिवार्य नेपाली, चैत–९ गते आइतबार अनिवार्य गणित, चैत–१० गते सोमबार अनिवार्य विज्ञान विषयको परीक्षा हुने छ ।

चैत–११ गते मंगलबार अनिवार्य सामाजिक शिक्षा, चैत–१२ गते बुधबार स्वास्थ्य जनसंख्या तथा वातावरण, चैत–१३ गते बिहीबार एच्छिक प्रथम र चैत–१४ गते शुक्रबार एच्छिक द्वितीय विषयको परीक्षा हुने सूचीमा उल्लेख छ ।

गत वर्ष चैत–१ गतेदेखि १० गतेसम्म परीक्षा सञ्चालन भएको थियो । यस बर्ष ६ लाख विद्यार्थी परीक्षामा सहभागी हुने छन् ।

प्रतिक्रिया