क्रिकेटमा मुलुकलाई ऐतिहाँसिक उपलब्धि

nepal-vs-hong-kongकाठमाडौं, १४ मंसिर । यूवा तथा खेलकुद मन्त्री रामकुमार श्रेष्ठले नेपालको खेलकुद ईतिहाँसमै सबैभन्दा ठूलो उपलब्धि प्राप्त गर्ने नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले उचित पुरस्कार दिने बताएका छन् ।

आईसीसी ट्वान्टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताका लागि भएको छनौटलाई संस्थागत गर्न सरकारले सबै खाले सहयोग गर्ने प्रतिबद्धता श्रेष्ठले गरे ।

उनले सीमित साधान स्रोतको भरमा नेपाली क्रिकेट टिमले ऐतिहासिक उपलब्धि हासिकल गरेको बताए । उनले क्रिकेटमा भएको उपलब्धिले नेपाल सरकार समक्ष थप चुनौति र अवसर आएको बताए ।

उनले क्यान र राखेपलाई क्रिकेटको विकासका लागि भावी योजना ल्याउन आग्रह गर्दै सरकारले तत्काल विजयी क्रिकेट खेलाडीका लागि जनही १०/१० लाख रुपियाँका दरले रकम दिएर सम्मान गर्ने जानकारी दिए ।

प्रतिक्रिया