भारतीय नोट अभाव टर्‍यो

विराटनगर : संविधानसभाको निर्वाचन सम्पन्न पश्चात विराटनगरलगायत पूर्वाञ्चल क्षेत्रमा भारतीय रुपिँयाको अभाव हटेको छ । केही महिना अघिसम्म यस क्षेत्रका उद्योगी, व्यापारी तथा सर्वसाधारणले भारतीय रुपिँया सटही गर्दा भारु एक सय साट्दा छ देखि सातसम्म बढी दिनु पर्दथ्यो ।
भारतमा रहेका नेपाली संविधानसभा निर्वाचनमा मतदान गर्न फर्केपछि यस क्षेत्रमा भारतीय रुपिँया सर्वसुलभ भएको स्थानीय एक व्यापारीले बताए । भारतमा काम गर्ने नेपालीले रोजगारीका क्रममा पाएको रकम नेपाली बजारमा खर्च गरेकै कारण यस क्षेत्रमा भारतीय रुपैयााको अभाव हटेको हो । रोजगारीका लागि भारत गएकाले कमाएको पैसा बजारमा आउँदा र सुनको मूल्यमा आएको कमि हुँदा भारतीय रुपैयाा विराटनगरलगायतका ग्रामीण बजारमा सुलभ भएको विराटनगरस्थित एक सटही काउन्टरका कर्मचारीले बताए । अहिले एकजना व्यक्तिले भारतीय रुपिँया तीनदेखि चार लाखसम्म सटही काउन्टरमा साट्नका लागि आउने गरेकाले भारतीय रुपिँयाको सटही कार्य व्यापक घटेको छ ।

प्रतिक्रिया