भक्तपुरमा नेमकिपा पहिलो

भक्तपुर, १३ मंसिर । संविधान सभा निर्वाचनमा मतदातालाई स्तरीय मतदान शिक्षा नहुँदा भक्तपुरमा कुल ७ हजारभन्दा धेरै मत बदर भएको छ ।

जिल्लाको दुवै निर्वाचन क्षेत्रमा गरी ७ हजार ४ सय ९८ मत बदर भएको छ जिल्ला निर्वाचन आयोगले जानकारी दिएको छ । भक्तपुर क्षेत्र नं. १ मा ३ हजार ९ सय ५ र क्षेत्र नं. २ मा ३ हजार ५ सय ९३ मत बदर भएको छ । जिल्ला निर्वाचन कार्यालयका प्रमुख चुडामणि पन्थीले मतदाता शिक्षा नहुँदा र मतदाता सचेतना नुहँदा धेरै मत बदर भएको बताउनुभयो ।भक्तपुरमा मतदाता शिक्षा लागू नै नभएको र मतदातालाई कसरी मतदान गर्ने एवं एउटा मतपत्रमा एउटा मात्र छाप लगाउनु पर्छ भन्ने सचेतना नुहँदा मत खेर भएको हो ।
बदर मतले हार जितको अबस्थामा पुगेका उम्मेदवारलाई अप्ठ्यारो अबस्थामा पुर्‍याएको दलहरूले बताएका छन् । निर्वाचन आयोगले भक्तपुरमा मतदाता शिक्षा प्रभावकारी रूपमा लागू गर्न नसकेको र दलहरूले पनि एक मतमा एकवटा मात्र भोट हाल्नु पर्ने गरी सचेतना नगरेका कारण मत बदर भएको हो । भक्तपुरको क्षेत्र नं. १ मा ५६ हजार ५ सय २९ मत खसेको थियो भने क्षेत्र नं. २ मा ७० हजार ३ सय ८७ मत खसेको थियो । यसै गरि समानुपातीक तर्फको मत गणना सोमवार सकिएको छ । भक्तपुर समानुपातिक तर्फको मतगणनामा नेपाल मजदुर किसान पार्टी पहिलो स्थानमा नेपाली काँग्रेस दोश्रो राप्रपा नेपाल तेश्रोमा र नेकपा एमाले चौथो एमाओवादी पाचौ स्थानमा रहेका छन् ।
भक्तपुरमा समानुपातीक तर्फ नेपाल मजदुर किसान पार्टीको ३४ हजार १ सय ४८ , नेपाली काँग्रेस २६ हजार २ सय ५५, राप्रपा नेपाल १८ हजार ५ सय ८५ ,एमाले १७ हजार १४ , एमाओवादी ११ हजार ६ सय ४३ , राप्रपा ६ हजार १ सय ६३ र नेपा: राष्ट्रिय पार्टी ३ हजार ६ सय ७६ मत प्राप्त गर्दै सातौ स्थानमा रहेको छ ।

प्रतिक्रिया