नेपाल विश्वकप ट्वान्टी–ट्वान्टीमा छनौट

nepal-cricketयुएई, १२ मंसिर । हङ्गकङ्गलाई पराजित गरे पछि नेपाल पहिलो पटक विश्वकप क्रिकेटको ‘ट्वान्टी–ट्वान्टी’मा छनौट भएको छ ।

जितसँगै आगामी वर्षको मार्चमा बंगलादेशको राजधानी ढाकामा हुने ट्वान्टी–ट्वान्टी विश्वकपमा आफ्नोस्थान सुरक्षित गरेको हो । नेपाली क्रिकेट टोलीको १७ वर्षे अन्तर्राष्ट्रिय इतिहाँसमा यो ठूलो भएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबीस्थित शेख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आज (बुधबार) भएको खेलमा नेपालले हङ्गकङ्गलाई हरायो ।

हङ्गकङ्गले दिएको १ सय ४४ रनको लक्ष्य नेपालले अन्तिम बलमा ५ विकेट गुमाउँदै पुरा गर्‍यो । जितमा कप्तान पारस खड्काको ३९ बलमा सर्वाधिक ४६ रन बनाए । शरद भेसवाकरको ७ बलमा अभिजित १३ रनको महत्वपूर्ण योगदान रह्यो ।

सुवास खकुरेल १६, सागर पुन २२, ज्ञानेन्द्र मल्ल, ३० विनोद भण्डारी ७ र प्रदीप ऐरीले ३ रन बनाए ।

टस हारेर पहिले ब्याटिङ्ग गरेको हङ्गकङ्गले निर्धारित २० ओभरको खेलमा ८ विकेट गुमाउँदै १ सय ४३ रन बनाएको थियो ।
हङकङलाई सस्तैमा समेट्न जितेन्द्र मुखियाले ३, अभिनास कर्णले २ तथा कप्तान पारस खड्काले १ विकेट लिए । बाँकी २ खेलाडी रन आउट भएका थिए ।

प्रतिक्रिया