त्रिशूली नदीमा अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता

काठमाडौं : नेपाललाई साहसिक र जलयात्रा पर्यटनको उत्कृष्ट गन्तव्यस्थलका रूपमा प्रवद्र्धन गराउनका लागि बुधबारदेखि अन्तर्राष्ट्रिय र्‍याफ्टिङ प्रतियोगिता शुरु हुदैंछ । त्रिशूली नदीको फिस्लिङमो आयोजना गरिने प्रतियोगिता चार दिन सम्म हुने नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्टस (नारा) ले जनाएको छ र १२ औं हिमालयन ह्वाइट वाटर च्यालेन्ज नामक सो प्रतियोगितामा १२ देशका ४० जना विदेशी पर्यटकसमेत गरी करिब ३ सय जनाको सहभागिता रहने नाराले जनाएको छ ।
प्रतियोगिताका विजयीलाई नगद तथा र्‍याफ्टिङ सामग्री प्रदान गरिने र खेलाडीको स्तरसमेत निर्धारण गरिने नाराका अध्यक्ष चन्द्रबहादुर दाहालले बताए । महिला प्रतियोगीको समेत सहभागिता हुने सो प्रतियोगितामा रोमाञ्चक तथा मनोरञ्जनात्मक कायाकिङ खेलको दौड कार्यक्रम पनि रहेको बताइएको छ । नेपालको भोटेकोसी, कर्णाली, कालीगण्डकी, त्रिशूली नदी विश्वमै साहसिक जलयात्राका लागि उत्कृष्ट स्थल मानिादै आएको छ । (सौस)

प्रतिक्रिया