अर्घाखाँचीमा भैँसीको तस्करी बढ्दो

buffaloअर्घाखाँची, १२ मंसिर । जिल्लाबाट हुने अवैध भैँसी तथा पाडी निर्यातमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले स्थानीय जातको भैँसी जिल्ला बाहिर पठाउन रोक लागाएको छ । व्यापक मात्रामा भैँसीको निर्यात बढ्दै जान थालेपछि जिल्लामा भैँसीको लोप हुने अवस्था सिर्जना भएको छ ।
विगत केही वर्षदेखि जिल्लाका विभिन्न स्थानबाट विभिन्न जातका भैँसी र पाडी अवैधरूपमा निर्यात हँुदा सम्बन्धित पक्षले कुनै चासो दिएका थिएनन् ।
जिल्ला पशुसेवा कार्यालयका प्रमुख अमृतकुमार मास्केले कसैले अटेर गरी पुन: भैँसी निर्यात गरेमा हँदैसम्मको कारबाही गरिने बताउनुभयो । “जिल्लामा पाइने लिमे र पार्कोट जातको भैँसी अवैधरूपमा निर्यात हुन थालेपछि यी जातका भैँसी लोप हुने अवस्थामा छन्” उहाँले भन्नुभयो । मास्केले रातको समयमा भैँसी निर्यात हुने गरेको उल्लेख गर्दै भन्नुभयो– “रोक लगाए पनि विभिन्न नाकाबाट लैजान सक्छन्, सार्वजनिक सूचना पनि जारी भएको छ, अब पनि कसैले निर्यात गर्न खोज्छ भने उसलाई कडा कारबाही हुन्छ ।”
व्यापक रूपमा जनगुनासो बढ्न थाले पछि निर्यात रोक्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी भेषराज खनालले बताए । जिल्लाका विभिन्न नाकाबाट रातको समयमा भँैसीहरू काठमाडाँै, बुटवललगायतका स्थानमा निर्यात हँुदै आएका थिए । यसरी अवैध रूपमा भैँसी तथा पाडीहरू निर्यात हुन थालेपछि गाउँघरमा भैँसीको अभाव बढ्दै गएको छ । पाडीहरू पनि बिक्री हुन थालेपछि गाउँघरमा पाडी पनि पाल्न छाडेका छन् ।
भैँसी व्यापारीले मासुका लागि थारा र दुहुना भँैसीसमेत गाउँ गाउँबाट खरिद गरी सहरमा लगेर बिक्री गर्न थालेपछि जिल्लामा भैँसीको अभाव हुन थालेको अर्घाखाँचीका भैँसीपालक कृषक तिलक आचार्यले बताए ।
पाडीहरू नै धमाधम बिक्री हुन थालेपछि पाडी पालेर भैँसी बनाउन किसानले छाडेका छन् । भँैसीको अभाव हुन थालेपछि मूल्यमा पनि निकै वृद्धि हुन थालेको छ । जिल्लाको किमडाँडा–२ गाविसका कृषक प्रेमप्रसाद पराजुलीले गाउँबाट भैँसी तथा पाडीहरू निर्यात हुन थालेपछि भैँसीको अभाव हुन
थालेको बताए ।

प्रतिक्रिया