‘तेस्रो हुनु पनि एमाओवादीको जित’

विराटनगर : नेकपा (एमाले)का नेता केपी शर्मा ओलीले एकीकृत नेकपामाओवादीको प्रत्यक्षतर्फ २६ स्थानमा विजयी भई तेस्रो स्थानमा आउनु पनि ठूलो जीत भएके तर्क गरेका छन् ।
विराटनगर विमानस्थलमा मंगलवार अपरान्ह सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता ओलीले नेपाली काँग्रेस र नेकपा एमालेले २०४७ सालको संविधान ब्युँताउने भन्ने एकीकृत नेकपा माओवादीको भनाइ रुवाबासी मात्र भएको जीकिर गरे ।
उनले अब एमाओवादीलाई रुपान्तरण भई संविधान निर्माण प्रक्रियामा सहयोगी भूमिका खेल्नसमेत आग्रह गरे । नेता ओलीले संविधानका विवादित बुँदामा सबै दलको सहमति खोजी गरिने अन्यथा अन्य प्रक्रियाबाट संविधान जारी गर्ने धारणासमेत व्यक्त गरे । उनले वर्तमान राष्ट्रपतिको सम्बन्धमा अन्तरिम संविधानमा केही उल्लेख नभएको बताउँदै यस सम्बन्धमा सबै दलका नेताहरूबीच छलफल एवम् सहमतिबाट उपयुक्त निर्णय लिइने बताए ।

प्रतिक्रिया