समानुपातिकका ४२३६ मत बदर

बनेपा : काभ्रेमा चारवटै निर्वाचन क्षेत्रको समानुपातिकतर्फ कुल चार हजार २ सय ३६ मत बदर भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय काभ्रेले दिएको जानकारीअनुसार काभ्रे क्षेत्र नं १ मा ७९५, क्षेत्र नं २ मा एक हजार ३०९, क्षेत्र नं ३ मा एक हजार २५ र क्षेत्र नं ४ मा एक हजार १०७ मत बदर भएको छ । कुल खसेको एक लाख ६७ हजार १२९ मतमा एक लाख ६२ हजार ८९३ मत सदर भएको छ । काभ्रेमा प्रतयक्षतर्फ कुल छ हजार ६६९ मत बदर भएको थियो ।
यसैबीच काभ्रेको चारवटै निर्वाचन क्षेत्रका ६७ जना उम्मेदवारको जमानत जफत हुने भएको छ । निर्वाचन कार्यालयले दिएको जानकारी अनुसार क्षेत्र नं १ मा १६ जना, क्षेत्र नं २ मा १६, क्षेत्र नं ३ मा १९ र क्षेत्र नं ४ मा १६ जना उम्मेदवारको धरौटी जफत हुने भएको हो । (सौस)

प्रतिक्रिया