‘एमाओवादी संविधान निर्माण प्रकृयामै रहन्छ’

Peter-W.-Bodde,-U.S.-Ambassकाठमाडौं, ११ मंसिर । एमाओवादी नेता बाबुराम भट्टराई र नेपालका लागि अमेरिकी राजदूत पीटर डब्लु बोडेबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा परामर्श भएको छ ।

ललितपुरस्थित भट्टराईको निवासमा आज (मंगलबार) विहान भएको भेटवार्ता संविधानसभा निर्वाचन र नयाँ संविधान निर्माणका विषयमा छलफल भएको हो । संविधानसभा निर्वाचनलाई लिएर एमाओवादीले घुर्की लगाई रहेका बेला अमेरिकी राजदूतले भट्टराईसँग भेटवार्ता भएको छ ।

राजदूत बोडेले संविधानसभा निर्वाचनका सम्बन्धमा एमाओवादीबाट आएका सार्वजनिक अभिव्यक्तिका सम्बन्धमा भट्टराईसँग जिज्ञासा राखेका थिए । उनले दलहरुलाई सहमतिका साथ अगाडि बढ्न पनि सुझाव दिएको नेता भट्टराईको निजी सचिवालयले जनाएको छ ।

जवाफमा नेता भट्टराईले एमाओवादी संविधान निर्माण प्रकृयामै रहने स्पष्ट पारे । ‘राजनीतिक प्रकृयामा सहमतिको सिद्धान्त अनुसार अघि बढ्नु पर्छ,’ उनले भने, ‘निर्वाचनबारे उठेका बिभिन्न प्रश्नको छानविन हुनै पर्छ ।’

प्रतिक्रिया