बलबहादुर केसीले बुथ कब्जा गरेको आरोप

Balbahadur kcकाठमाडौं, ११ मंसिर । काँग्रेस नेता बलबहादुर केसीले बुथ कब्जा गरेर निर्वाचन परिणाम आफनो पक्षमा पारेको आरोप पराजित उम्मेदवारले लगाएका छन् । सोलखुम्बुमा पुन:निर्वाचन गर्न माग गर्दै एकीकृत नेकपा माओवादीका उम्मेदवार गुम्बु शेर्पाले संविधानसभा अदालतमा निवेदन दिएका छन् ।

सोलखुम्बुबाट निर्वाचित कांग्रेस उम्मेदवार बलबहादुर केसीले धाँदली गरेको भन्दै शेर्पा सोमबार अदालत पुगेका हुन् । निवेदनमा कांग्रेस उम्मेदवार केसीले बुथ कब्जा गरेको, मतपेटिका सदरमुकाम ल्याउने क्रममा हेलिकोप्टरमा अन्य दलका प्रतिनिधिलाई बस्न नदिएको भन्दै मतपरिण्ाँम रद्ध गर्न र पुन:निर्वाचन गर्न माग गरिएको छ ।
कांग्रेस नेता केसी १२ हजार ४ सय ६४ मतका साथ विजयी भएका थिए । तश्रो स्थानमा रहेका शेर्पाको मत ६ हजार २ सय ६९ आएको थियो ।

प्रतिक्रिया