नायिका दीपिकाको चौतर्फी प्रशंसा

Deepika-Padukonमुम्बई । नायिका दीपिका पादुकोणको भाग्य पछिल्ला दिनमा खूब चम्कीरहेको उनका हिट फिल्महरुको सूचीले देखाएको छ ।

दीपिकाको सफलताको चतर्फी रुपमा सराहना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । दीपिका स्वयं आफैले बलीउडमा पाएको सफलता पाउनेमा सोंचेकी पनि थिईनन् होला ।

उनले एक बर्षमै चार ठूला हिट फिल्म दिएकी छन् । दीपिकाले चार वटा हिट फिल्म दिए पछि निर्देशकहरुको नजरमा लोकप्रिय भएकी हुन् ।

‘राम–लीला’मा दीपिकाको अभिनयको सबैले प्रशंसा समेत गरेका छन् । दीपिकाको अभिनय दर्शकले पनि मन पराएका छन् ।
दीपिकालाई प्रशंसा गर्नेमा ऋषि कपूर, नीतू सिंह, निर्देशक शेखर सुमनलगायत रहेका छन् । एजेन्सी

प्रतिक्रिया