सभासद्को तलबभत्ता गरिब विद्यार्थीलाई

जाजरकोट : संविधानसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसबाट क्षेत्र नंम्बर दुइमा विजयी नेपाली काग्रेसका राजीवविक्रम शाहले आफूले सभासद् बापत पाएको सम्पूर्ण तलबभत्ता छात्रवृत्ति कोष स्थापना गरेर जेहेन्दार र गरिब बालबालिकालाई वितरण गरिने बताए ।
पत्रकारसग भेटघाट गर्दै उनले जिल्लाका प्रत्येक उच्च मावि र माविमा एक एक पुस्तकालय स्थापना गरिने र प्राविधिक शिक्षालय खोल्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले नौ हजार ३५७ र उनका निकटतम प्रतिद्वन्द्वी एमालेका कृष्णबहादुर बुढाले नौ हजार ७१ मत ल्याए ।

प्रतिक्रिया