लोकतान्त्रिक संविधान बन्ने नेम्वाङको दावी

मङ्गलबारे : इलाम क्षेत्र नं २ का विजयी सभाषद सुवासचन्द्र नेम्वाङले नेकपा (एमाले)को नेतृत्वमा एक वर्षभित्र लोकतान्त्रिक संविधान निर्माण गरिने बताएका छन् । आइतबार बिहान मङगलबारेमा आयोजित विजयी जुलुसमा उनले सबै पक्षसंग मित्रवत ढङ्गले अघि बढेर जनताको इच्छा पूरा गर्न एमाले कटिबद्ध रहेको बताए । संविधानसभाबाहिर रहेका दललाई पनि सम्मानजनक व्यवहार गरेर संविधान निर्माणमा सहभागी गराउन पहल गर्ने उनको भनाइ छ । (सौस)

प्रतिक्रिया