रोल्पाका सन्तोषको ललितपुरमा मृत्यु

ललितपुर, ९ मंसिर । रोल्पा जिल्ला घर भएका एक युवकको ललितपुरमा माटोको ढिस्कोले पुरिएर मृत्यु भएको छ ।

धापाखेल बस्ने रोल्पा जिल्ला घर भएका ३० बर्षीय सन्तोष घर्ती मगरको शनिबार माटोको ढिस्कोले पुरिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

झरुवारासीमा मिनी टाटामा माटो भर्ने क्रममा अचानक माथीबाट डिस्को खसेर सन्तोसलाई पुरेको थियो ।

उनलाई तत्काल उद्धार गरेर उपचारका लागि पाटन अस्पताल लगिएको थियो । सन्तोषको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया