जनताको मतलाई अपमान गर्नु हुँदैन : यादव

Ayodhiprashad-Yadavकाठमाडौं, ९ मंसिर । निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले भईसकेको मतदान प्रक्रिया र मत परिणाम घोषणामा कसैसँग सम्झौता हुन बताएका छन् ।

काठमाडौंमा आज (आइतबार) पत्रकारसँग कुरागर्दै यादवले एमाओवादीले माग गरे जस्तो मतगणनाको पुनरावलोकन नहुने बताए । ‘जनताको मतलाई अपमान गर्नु हुदैन,’ उनले भने, ‘निर्वाचन ऐतिहासिक रुपमा निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न भएको छ ।’

उनले मतपरिणामलाई स्वीकारेर अघि बढ्न सबै दलहरुलाई सुझाव दिए । ‘बाहिर कुरा आए जस्तो मतदान प्रक्रियामा धाँदली भएको छैन,’ उनले भने, ‘कुनै पार्टीले माग्दैमा निर्वाचन सामाग्री दिन सकिँदैन ।’ उनले आयोगलाई लगाईएका आरोपहरु सबै गलत रहेको बताए ।

प्रतिक्रिया