नेपालको आशा जिवितै

nepal-cricketयुएइ : युएइमा जारी आइसीसी ट्वान्टी–२० विश्वकप छनोट प्रतियोगिताको समूह बिको आफ्नो अन्तिम खेलमा नेपालले बुर्मन्डालाई २१ रनले पराजीत गर्‍यो । जितसंगै नेपालले सन् २०१४ मा बंगलादेशमा हुने विश्वकप खेल्न सम्भावना कायमै राखेको छ । जित पछि नेपालको दोस्रो चरणको प्रवेश निश्चित भएको हो ।
शविवार दुवईको आइसीसी एकेडेमीमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेटको ष्ीातमा १ सय४८ रनमा समेटिएको थियो । १ सय ४९ रनको विजयी लक्ष्यका साथ ब्याटिङमा उत्रिएको बमुन्डालाई नेपालका बलरले १९ ओभर २ बलमा १ सय २७ रनमा समेटिदिएका थिए ।
बुर्मन्डालाई  समेट्ने क्रममा नेपालका जितेन्द्र मुखियाले ३.२ ओभरमा २५ रन दिएर ३ विकेट लिए। नेपालका लागि सातवटा २०–२० म्याच खेलका जितेन्द्र मुखियाले १ सय २८ ब लमा १ सय ५६ रन दिएर अहिलेसम्म ८ विकेट लिएका छन् ।
त्यसैगरि अभिनाष कर्णले २ विकेट लिए । उनले चार ओभर बलिङ गर्दै १४ रन दिएका थिए । त्यसैगरि नेपालका कप्तान पारस खड्काले तीन ओभरमा २३ रन दिएर २ विकेट लिए । बसन्त रेग्मी? र सागर पुनले १/१ विकेट लिए ।
यस अघि भएको ब्याटिङमा नेपालले राम्रो शुरुवात गरेको थियो । ओपन सुवास खकुरेलले ३५ बलमा ३ चौकाको मद्दतमा ३५ रन जोडे । अर्का ओपनर सागर पुनले १९ रनको योगदान दिए । यी दुईले पहिलो विकेटका लागि ३७ रनको साझेदारी गरेका थिए । पुनले २० बलमा २ चौका र १ छक्का प्रहार गरे । प्रदिप ऐरीले २२ रन जोडे । उनले १६ बलमा १ चौका र १ छक्का प्रहार गरे । ज्ञानेन्द्र मल्ले ३९ रन जोडे  ।उनले २२ बलमा ३ चौका र २ छक्का प्रहार गरे । विनोद भण्डारीले १३ रन जोडे । कप्तान पारस खड्का र शरद भेष्वाकरले ७/७ रन जोडे । (एजेन्सी)

प्रतिक्रिया