दमक, ९ मंसिर । नेकपा (एमाले)का वरिष्ठ नेता केपी शर्मा ओलीले दोस्रो संविधानसभाको निर्वाचनमा लोकतन्त्र पक्षधर सबैको जित भएको बताएका छन् । उनले संविधानसभा निर्वाचनबाट प्राप्त जनादेशलाई सम्मान गरेर सहमतीय ढङ्गले देशलाई सङ्क्रमणबाट मुक्त गर्न अब बाटो खुलेको बताए । उनले भने “देशमा अब दिगो शान्ति र बलियो संविधान बनाउन मार्ग खुल्यो ।”
शनिवार दमकमा आयोजित विजय जुलुसलाई सम्बोधन गर्दै नेता ओलीले अब सहमतीय ढङ्गले देशलाई निकास दिन सबैमा दायित्व आएको बताए । यस निर्वाचनबाट कुनै दलको स्पष्ट बहुमत नआएकाले अब सबै दलको सहमतिमा नयाँ संविधान निर्माण गर्नुपर्ने उनको भनाइ थियो । नेता ओलीले एमाओवादीलाई हतास मानसिकता त्यागेर जनताको अभिमतलाई सम्मान गर्न पनि आग्रह गरे ।
प्रतिक्रिया