मोरङमा पराजित यादव सुनसरीमा विजयी

Upendra-Yadavकाठमाडौं, ८ मंसिर । मधेसी जनअधिकरा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव गृह जिल्ला सुनसरीमा विजयी भएका छन् ।

मोरङ र सुनसरीका दुई स्थानबाट उम्मेदवारी दिएका यादव सुनसरी–५ बाट मात्रै विजयी भएका हुन् । उनले ७ हजार २ सय ३४ मत ल्याएका छन् ।

यादवले निकटतम प्रतिद्वन्द्वी फोरम लोकतान्त्रिकका गफार अन्सारीलाई पराजित गरेका हुन । अन्सारीले ६ हजार ८ सय ८१ मत पाएका छन् ।

यस अघि अध्यक्ष यावद मोरङ–५ मा पराजित भएका थिए । उनलाई कांग्रेसका अमृत अर्यालले पराजित गरेका हुन् । मोरङमा पराजित भए पछि यादवले मत गणना बहिष्कारको घोषणा गरेका थिए ।

हालसम्म फोरम नेपालले दुई सिट जितेको छ । अध्यक्ष यादवका साथै कपिलवस्तु–५ बाट अभिषेकप्रताप साह विजयी भएका छन् ।

प्रतिक्रिया