जनमत स्वीकार गर्न अमेरिकाको दबाव

america prachandकाठमाडौं, ७ मंसिर । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यु बोडेबीच भेटवार्ता भएको छ ।

लाजिम्पाटस्थित दाहाल निवासमा आज (शुक्रबार) भएको भेटवार्तामा राजदूत बोडेले मत परिणाम स्वीकार गर्न एमाओवादीलाई आग्रह गरेको स्रोतले जनाएको छ ।

‘एमाओवादीले जनमत स्वीकार गर्नु पर्छ,’ राजदूत बोडेले भने, ‘शान्ति प्रक्रियाको मुख्य साझेदार भाग्नु हुँदैन ।’ उनले एमाओवादी शान्ति प्रक्रियाको महत्वपूर्ण साझेदार रहको दोहर्‍याए ।

जवाफमा अध्यक्ष दाहालले जनतम कदर गर्नका लागि आफूहरुको माग सम्बोधन हुनुपर्ने बताए । एमाओवादीले मतगणना स्थगित गरेर छानविनको माग गर्दै आएको छ ।

एमाओवादीले संविधानसभाको परिणाम अस्वीकार गर्ने चेतावनी दिएपछि अध्यक्ष दाहालसँग भारतीय राजदूत र युरोपेली संघका राजदूतहरुले भेट गरिसकेका छन् । निर्वाचनका अन्तर्राष्ट्रिय समुदायले स्वागत गरिसकेको छ ।

प्रतिक्रिया